काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुरानो नगद लाभांश लिन आफ्ना सेयरधनीहरुलाई तोकेता गरेको छ ।
नेप्सेले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७२/७३ सम्मको वार्षिक साधारणसभाबाट पारित नगद लाभांश नबुझेका आफ्ना १० सेयरधनीहरुलाई बुझिलिन ताकेता गरेको हो ।
सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र पुरानो नगद लाभांश बुझिलिन नेप्सेले आग्रह गरेको छ । तोकिएको अवधिभित्र नगद लाभांश नबुझेमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने पनि नेप्सेले जनाएको छ ।
प्रतिक्रिया