काठमाडौं महानगरको २९ वटा वडाको मतगणना सम्पन्न,  बालेनलाई ५९ हजार बढि मत

३ बर्ष अगाडि

काठमाडौं - महानगरपालिकाको २९ वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १४, १५ र १६ बाहेक सबै वडाको मत गणना सकिएको छ ।

हालसम्म कुल १ लाख ८३ हजार ६७९ मत गणना हुँदा मेयर पदमा १ लाख ५४ हजार ८९५ सदर मत परेको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन् ।

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ५९ हजार १४९ मत प्राप्त गरेका छन् । अर्थात कुल खसेको सदर मतको ३८.१९ प्रतिशत मत पाएका छन् ।

दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत अर्थात कुल खसेको सदर मतको २४.२४ प्रतिशत पाउँदा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन् । अर्थात उनले कुल खसेको मतको २४.०३ प्रतिशत मत ल्याएका छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया