२ अर्ब ५० करोडको ऋणपत्र निष्कासन गर्दै हिमालयन बैंक, बिक्री प्रबन्धक नियुक्त

३ बर्ष अगाडि

काठमाडौं - हिमालयन बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । 

बैंकले १ हजार रुपैयाँ अंकित दरका २५ लाख इकाइ भएको ‘हिमालयन बैंक लिमिटेड बन्ड–२०८६’ निष्कासन गर्ने भएको हो। यो सात वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०।५० प्रतिशत ब्याज पाउनेछन् ।

यसैबीच हिमालयन बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । 

सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  अशोकशमशेर जबरा र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया