काठमाडौं - नेपाल धितोपत्र बोर्डले एक कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।
बोर्डले स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीलाई ३९ लाख ८२ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न जेठ ११ गते सेबोनले अनुमति दिएको हो ।
कम्पनीले उक्त आईपीओ पहिलो चरणमा स्थानीय बासिन्दाका लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया