काठमाडौं - प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । कम्पनीले बैशाख २२ गते प्रसाईलाई सिइओमा नियुक्तिको प्रस्ताव सहित बीमा समितिमा स्वीकृतिका लागि पेश गरेको थियो ।
बीमा समितिले प्रसाईलाई सिइओमा नियुक्तका लागि अनुमति दिए सँगै सञ्चालक समितिले बुधबारदेखि कार्यान्वयन हुने गरी नियुक्त गरेको हो ।
प्रतिक्रिया