कुमारी क्यापिटलको एक अर्ब २० करोडको १२ करोड इकाईमा आजदेखि आवेदन दिन सकिने बिक्रीमा

३ बर्ष अगाडि

काठमाडौं - कुमारी क्यापिटल लिमिटेडको अर्को म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाईका लागि आजदेखि आवेदन दिन सकिने भएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो ।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । 

उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । 

उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा जेठ २६ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया