रोमानियाले माग्यो भारी संख्यामा नेपाली कामदार, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - रोमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको workpower srl कम्पनीले विभिन्न पदका लागि १०० जना पुरुष र २० जना महिला गरी जम्मा १२० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले खान बस्नेतसहित तलब ८० हजार बढि पाउनेछ । इच्छुक कामदारले डाईनामिक स्टाफिङ्ग शोलुशन नेपाल प्रालिको कार्यालय सामाकुसी काठमाडौंमा जेठ ३१ अन्तरवार्ता दिनु पर्ने छ ।  

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया