साइप्रसमा नेपाली पुरुष महिला कामदारलाई रोजगारको अवसर, मासिक तलब एक लाख ६४ हजार बढि

३ बर्ष अगाडि

काठमाडौं - साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साइप्रस सहरमा रहेको theo employment and travel ltd. कम्पनीले विभिन्न पदका लागि १० जना पुरुष र १० जना महिला गरी जम्मा २० जना नेपाली कामदारकोे माग गरेकोे हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब २७ हजार माथिदेखि एक लाख ६४ हजार बढि पाउनेछ । इच्छुक कामदारले हामदन इमप्लोइमेन्ट सर्भिस प्रालिको कार्यालय एयरपोर्ट काठमाडौंमा जेठ १७ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिषा स्ट्याम्पीङ शुल्क कामदार  आफैले बेहोर्नुृ पर्ने छ ।  हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया