काठमाडौं - वैदेशिक रोजगार विभागले मलेसियासँग श्रम सम्झौता भएपछि आफूले पठाएका कामदारको विवरण सात दिनभित्र विभागमा पठाउन उर्दी गरेको छ ।
विभागले हालै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र मन्त्रालयका उच्च अधिकारीहरूको मलेसिया भ्रमणमा नेपाल आउने डिमाण्डमा अनुचित चलखेल भएको गुनासो आएपछि त्यसमा अनुसन्धान भइरहेको भन्दै विवरण पठाउन भनेको छ ।
विभागले कामदार मलेसिया पठाउँदा रोजगारदाताबाट प्राप्त भएको हवाई टिकट, सेवाशुल्क लगायतका आम्दानीको विवरण पनि सँगै राखेर विभागको ईमेलमा पठाउनुपर्ने बताएको छ ।
प्रतिक्रिया