राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा। शंकर आचार्य नियुक्त भएका छन् । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटी र आचार्यलाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो। शिवाकोटी यसअघिका डेपुटी गभर्नर हुन् । उनी यसअघि गभर्नरमा पनि सिफारिस भएका थिए । 

आचार्य नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् । राष्ट्र बैंकमा ३० वर्ष काम गरेपछि उनी अवकाश भएका थिए ।

श्रीराम पौडेल र रामजी रेग्मी अवकाश भएपछि दुई सञ्चालक पद रिक्त थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया