‘कबड्डी ४’ भारतका १५ सहरमा प्रदर्शन हुने, प्रिमियरमा भाग लिन २० जनाको टोली जादै

३ बर्ष अगाडि

काठमाडौं - रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ आगामी असार २ गतेदेखि भारतका १५ सहरमा प्रदर्शन हुने भएको छ । 

मंगलबार पश्चिम बंगालको सिलीगुडीमा आयोजित पत्रकार सम्मेलनमा भारतमा फिल्म रिलिजको औपचारिक घोषणा गरिएको हो ।

प्रि(रिलिज पत्रकार सम्मेलनमा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ सिलीगुडी पुगेका थिए । जहाँ उनीहरुले फिल्म प्रदर्शनबारे जानकारी गराए ।

सुष्मा प्रोडक्सनले ‘कबड्डी ४’लाई भारतमा रिलिज गर्न लागेको हो । नेपाली फिल्मको प्रदर्शन इतिहासमा यति धेरै भारतीय सहरमा एकैपटक फिल्म प्रदर्शन गर्न लागिएको यो पहिलो पटक हो ।

नेपालीभाषीको धेरै बसोबास रहेका सहरहरु सिलीगुडी, गुवाहाटी, दार्जिलिङ, कालिम्पोङसहितका सहरमा फिल्म देखाइन लागिएको हो । 

असार १ गते हुने भारत प्रिमियरमा भाग लिन दयाहाङ राई, सौगात मल्ल, मिरुना मगरसहित २० जनाको टोली त्यहाँ जाने भएको छ ।

‘कबड्डी ४’ नेपालसहित अष्ट्रेलिया, जापान लगायतका मुलुकमा भने आगामी शुक्रबार एकसाथ रिलिज हुँदैछ । ‘कबड्डी ३’लाई भारतमा ४८ लाख रुपैयाँमा बिक्री गरिएको थियो भने चौंथो श्रृंखला त्यो भन्दा बढी मूल्यमा बिक्री भएको निर्माता पोखरेलले बताए ।

फिल्ममा दयाहाङ राई, सौगात, मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया