अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी मिर्मिरे लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक शेयर, कति कित्ता ?

३ बर्ष अगाडि

काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

कम्पनीले यस अघि चैत १२ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो । 

उक्त अवधिमा विक्री हुन नसकेको ६५ हजार कित्ता संस्थापक शेयर भने बाहिरी व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

इच्छुक खरीदकर्ताहरूले कम्पनीको केन्द्रीय कार्यालय बनेपा ८ काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया