रेनु दाहालको पहिलो निर्णय : सरकारी अस्पतालमा जन्मिएका छोरीको जीवन बीमा

३ बर्ष अगाडि

काठमाडौं - भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहालले दोस्रो कार्यकालका लागि पदभार ग्रहण लगत्तै सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बीमा गरिदिने पहिलो निर्णय गरेकी छन् ।

मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरू​ले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् ।

उनले महानगरपालिका भित्रका स्थानीयतको लागि सात हजारसम्म खानेपानीको महसुल तिरिदिने दोस्रो निर्णय गरेकी छन् ।  खानेपानी सेवाबाट करिब ५२ प्रतिशत जनता लाभान्वित हुने बताइएको छ । 

दाहालको पहिलो प्राथमिकतामा परेको बीमा योजनाले सरकारी अस्पतालको प्रवर्द्धन हुनुकासाथै बीमाको पनि राम्रो प्रचार भएको छ । दाहालको यस्तो कदमले महानगर भित्रका छोरीहरु बीमाको दायरामा आउने छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया