महालक्ष्मी लाइफद्धारा संस्थापक शेयरधनीहरुलाई ७० करोड रुपैयाँ पूँजी थप गर्न आह्वान

३ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी लाइफले आफ्नो क्यापिटल प्लान अन्तर्गत पहिलो चरणमा विध्यमान संस्थापक शेयरधनीहरु सँग थप ५० प्रतिशत पूँजी आह्वान गरेको छ ।

 कम्पनीको बैशाख २५ गते बसेको विशेष साधारणसभाको विशेष निर्णय बमोजिम असार ९ गतेसम्ममा हाल कायम शेयरधनीहरु सँग ५० प्रतिशत अर्थात ७० करोड रुपैयाँ पूँजी थप गर्न सूचना जारी गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । अहिले संस्थापकहरु सँग आह्वान गरिएको ५० प्रतिशत थप पूँजी पस्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । 

यस लगत्तै कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत आईपिओ जारी गर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया