काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । उक्त शेयरको मुल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ ।
शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापहरूले मात्र तोकिएको अवधिभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा लिखित निवदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया