जेष्ठ १२, १३ र १४ गते भृकुटी मण्डपमा प्लाष्टिक प्रदर्शनी हुने

३ बर्ष अगाडि

काठमाडौं - प्लाष्ट नेपाल फाउण्डेशनले जेष्ठ १२, १३ र १४ गते काठमाडौंको भृकुटी मण्डपमा "Plast Nepal 2022" नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ । 

फाउण्डेशनले गर्न लागेको उक्त प्रदर्शनी तेस्रो संस्करणको प्रदर्शनी हुनेछ । पहिलो संस्करणको प्रदर्शनी वि। सं। २०७१ र दोस्रो संस्करण वि. सं. २०७५ मा सफलतापूर्वक आयोजना भएको थियो ।

अब हुन लागेको तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगायत अन्य देशका समेत करिब ५,००० वटा प्लाष्टिक उद्यमी व्यवसायीहरु र करिव १००,००० उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएकोे छ । 

प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन उपकरणहरु समेतका विभिन्न १२६ वटा स्टलहरु राखिने छन् । प्लाष्ट नेपाल फाउण्डेशनका उपाध्यक्ष श्री विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ ।
 
प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरुको छाता संगठन हो, र हामीले नेपालमा प्लाष्टिकको दिगो वृद्घिको लागि निरन्तर काम गरिरहेका छौँ । नेपाली उत्पादनलाई प्राथमिकता दिने देखि, प्लाष्टिकको Recycle र फोहोर व्यवस्थापनमा सबैतिर यस संस्थाले सरकार र उद्योगीहरु सँग मिलेर काम गरिरहेको छ । 

नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवद्र्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यस मेलाले सकारात्मक भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया