अब भायानेटका ग्राहकले २०० एमबीपीएस इन्टरनेट प्रतिमहिना ९९९ मा पाउने

३ बर्ष अगाडि

काठमाडौं - नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकमध्येको एक भायानेट कम्युनिकेसन प्रालिले आफ्ना विद्यमान अल्ट्रा–फाई लाइनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन ल्याएको छ । 

आफ्ना ग्राहकको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा–फाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा आउने भएको हो ।

भायानेटका ग्राहकले अब २०० एमबीपीएस को इन्टरनेट प्याकेजको वार्षिक सदस्यता मात्र ९९९ प्रतिमहिनाको मूल्यमा पाउनेछन् । १७५ं लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकले सोही योजनाको भायाटिभी सहितको बन्डल पनि मात्र  ११०० प्रतिमहिनाको वार्षिक सदस्यतामा लिन सक्नेछन् । यी दुवै योजनामा मात्र ५०० थपी डुअल ब्यान्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिनेछ ।

यो प्याकेज मार्फत भायानेटले बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आइपिटिभी सेवा चाहने दुवै वर्गका ग्राहकको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै अझ बढी स्पिड र थप टिभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकका लागि भने कम्पनीले दुई ओटा भायाटिभीसहित २५० एमबीपीएस र तीन वटा भायाटिभीसहित ३०० एमबीपीएस वार्षिक सदस्यता क्रमशः १२५० प्रति महिना १५०० प्रति महिनाको आकर्षक मूल्यमा पाउने ब्यवस्था गरेको छ ।

कम्पनीले आफ्ना विद्यमान अल्ट्रा–फाइ ग्राहकको अल्ट्रा–फाई योजनामा पनि कम्पनीको पोलिसी अनुसार अपग्रेड गरिसकेको छ । यी परिमार्जनसँगै भायानेटले अल्ट्रा–फाईलाई बजारमा उपलब्ध सबैभन्दा आकर्षक इन्टरनेट योजनामध्ये एक बनाउने लक्ष्य राखेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया