अब घरजग्गा कारोबारका लागि छुट्टै संस्था

३ बर्ष अगाडि

काठमाडौं - सरकारले घरजग्गाको कारोबारलाई नियमन गर्ने भएको छ । अत्यधिकरुपमा घरजग्गाको कारोबार भएको र अनधिकृतरुपमा मूल्यवृद्धि भएको गुनासोका बीच सरकारले त्यसलाई नियमन गर्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आव २०७९र८० को नीति तथा कार्यक्रममा घरजग्गा कारोबारलाई विशिष्टीकृत क्षेत्रबाट मात्रै कारोबार हुने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

घरजग्गाको कारोबारका लागि नियमन गर्न छुट्टै संस्था बनाउने सरकारको योजना छ । विद्यमान व्यवस्थानुसार राजस्वको छली तथा वास्तविक कारोबारको विवरणसमेत थाहा नहुने भएकाले छुट्टै संस्था स्थापना गर्न लागिएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया