लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्न जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले जेठ ३१ गते चौंथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ ६ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

 सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने कम्पनीले जनाएको छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७ /७८ को एनएफआरएस बमोजिम २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह सम्बन्धी विवरण र सो सम्बन्धी अनुसूचिहरु पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिबाट नियुक्त गरिएको संचालकको नाम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बीमा समितिको स्वीकृति लिई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १ः०३ हकप्रद शेयर निष्काशन गर्ने विषयलाई पनि स्वीकृति प्रदान गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया