बिस्तारित चक्रपथ: भब्य सडकमा न बत्ति, न जेब्राक्रसिङ्ग !

७ बर्ष अगाडि

      
काठमाडौं – चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोटेश्वर–कलंकी सड्क खण्डमा सड्क बत्ति नै छैन् । सड्क बत्ति नहुँदा रातीको समयमा सवारी दुर्घटना बढेको छ । पछिल्लो साता मात्र उक्त सड्क खण्डमा दुईजनाको ज्यान गएको छ, भने दुईजना गम्भिर घाईते अस्पतालमा छन् । 

माघ १४ गते, प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदुत होउ यान्छीले विस्तारित रिङरोड अन्तर्गत कोटेश्वर–कलंकी सड्क खण्ड हस्तान्तरण गरेकी थिईन् । 

चीनले भब्य सड्क हस्तान्तरण गरेको एक साता पनी नपुग्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ९एसएसपी० बसन्त पन्त कोटेश्वर–कलंकीमा दुर्घटना बढेको भन्दै सचेतना अभियान लिएर सड्कमा पुगेका छन् । 

बाक्लो बस्ति, अस्पताल तथा निजी अफिसहरु मुख्य सड्क सँगै भएको चक्रपथमा जेब्राक्रस नभएपनी मानिसहरु जहाँबाट मन लाग्यो त्यहिबबाट बाटो काट्न बाध्य भएका छन् । आकाशेपुल पर्याप्त मात्रामा नहुँदा बाटो काट्दा तिब्र गतिमा आउने सवारीका कारण ‘हिट एण्ड रन’ का घट्ना एकपछी अर्को गरी बढ्न थालेका छन् । 

कोटेश्वर, सातदोबाटो, बल्खु र कलंकी जस्ता ठुला चोकमा मात्र जेब्रा क्रसिङ्ग भएको विस्तारित चक्रपथका अन्य लिंक रोड हरुमार्फत हिँड्ने पैदलयात्रुहरुका लागी जेब्रा क्रसिङ्ग छैन् । सड्कको बिचमा भएको डिभाईडर होचो भएका कारण पैदलयात्रीहरुले जतासुकै बाटो काट्दा दुर्घटना अचाक्ली बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यस्तै, सड्कमा सिसिटीभी नहुँदा बढ्दो ‘हिट एण्ड रन’ का घट्नामा संलग्नहरुलाई पहिचान गरेर कानुनी दायरामा ल्याउन समस्या भएको बताईएको छ । 

चीनले पाँच बर्ष लगाएर ८ लेनको कोटेश्वर–कलंकी सड्क खण्ड करिब ५ अर्व लागतमा निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । 

चालु आर्थिक बर्षको साउन देखी माघसम्ममा कोटेश्वर–कलंकी सड्क खण्डमा मात्र ५२४ वटा दुर्घटना भएका छन् । त्यसमध्ये २६ ओटा दुर्घटना तिब्र गतिमा हुँईकिएको ट्रिपरका कारण भएको पाईएको छ । सवैभन्दा धेरै अर्थात २३६ वटा मोटरसाईकल दुर्घटना भएका छन् । दुर्घटनाको कारण १० जनाको मृत्यु भएको छ । 

ट्राफिक महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार साउनदेखी यता भएको दुर्घटनामा परेर १७ जना गम्भिर घाईते भएका थिए भने, ३४७ जना साधारण घाईते भएका छन् । रातोपाटीबाट

७ बर्ष अगाडि

प्रतिक्रिया