चुनाव सकिए सँगै बैंकिङ प्रणालीमा निक्षेप आउन थाल्यो, जेठ पहिलो सातामा ७ अर्ब बढ्यो

३ बर्ष अगाडि

काठमाडौं - चुनाव सकिए सँगै बैंकिङ प्रणालीमा निक्षेप आउन थालेको छ । चुनाव अगाडी बैंकिङ प्रणालीबाट ४ अर्ब रुपैयाँ निक्षेप बाहिरिएकोमा चुनाव पछि जेठ पहिलो सातामा ७ अर्बले बढेको छ ।

बाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले बढेर ४३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा लगानी पनि २ अर्बले बढेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षमा कुल निक्षेप १ खर्ब ७५ अर्ब रुपैयाँले बढेको छ । ऋण भने ४ खर्ब ७३ अर्ब रुपैयाँले बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया