काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ का बिमल कार्कीको मृत्यूका विषयमा छानबिन गर्ने बताएका छन् ।
एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको नेतृत्वमा मंगलबार गृह मन्त्रालय पुगेको प्रतिनिधिमसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले घटनाको सुस्म रूपमा अनुसन्धान गरिने बताएका हुन् ।
‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो । ताप्लेजुङमा बैशाख २८ गते राति भएको घटनाको निष्पक्ष छानबिन हुन्छ’, गृहमन्त्री खाँणले भने, ‘छानबिनका क्रममा कोही दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ ।’
एमाले नेता थगा सांसद भट्टराईले कार्की मृत्युको घटनाको शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । उनले घटनाबारे छानबिन गर्न माग गर्दै गृहमन्त्री खाँणलाई लिखित पत्र पनि बुझाएका छन् ।
गत बैशाख २८ गते राति खोक्लिङको दुङ्जामा कार्की मृत भेटिएका थिए ।
प्रतिक्रिया