काठमाडौं- सातो दोस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार बढेको छ ।
हिजो भारी अंकले घटेर २२०० को बिन्दुमा झरेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज १६.३२ अंकले बढेर २२१७.१९ को बिन्दुमा पुगेको छ ।
कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २२४ कम्पनीको ३१ लाख ७३० कित्ता शेयर खरिदबिक्री हुुदाँ १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रुपैंया बराबरको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुदाँ कम्पनीको एनआईसी एशिया लघुवित्त संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४ करोड ८४ लाख बढीको कारोबार भएको हो ।
यस्तै, कारोबारका १३ उपसमुह मध्ये ११ उपसमुहको मूल्य बढेको छ भने २ उपसमूहको मूल्य घटेको छ ।
प्रतिक्रिया