बलेफी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं- बलेफी हाइड्रोपावरको आइपीओ नेपाल स्टक एक्सेन्च (नेप्से)मा सूचीकृत भएको छ । अब बुधबार (जेठ ११ गते) बाट कम्पनीको शेयर कारोबार खुला हुनेछ । 

कम्पनीको ओपनिङ रेन्ज (पहिलो कारोबार) न्यूनतम ९३ रुपैयाँ ६४ पैसादेखि अधिकतम २८० रुपैयाँ ९२ पैसाभित्र रहेर हुनेछ । बीएचएल संकेतमा यसको कारोबार खुला हुनेछ । बलेफीको चुक्ता पुँजीका आधारमा कायम कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता सेयर सूचीकरण गरिएको हो ।
 
बलेफीले चैत १६ गतेबाट २१ गतेसम्म सर्वसाधारणका लागि १६ लाख ६३ हजार ४५३ कित्ता आइपीओ निष्कासन गरेको हो । कुल १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया