काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार)सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।
कम्पनीको ७.७० प्रतिशत बोनस बापतको ६ लाख ७८ हजार ३ सय ९७.४९५९ कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
प्रतिक्रिया