काठमाडौं- साताको दोस्रो कारोबारको दिन (मंगलबार) कारोबार सुरु भएको १ घण्टासम्म आईपुग्दाँ नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक उकालो छ ।
प्रि ओपनिङ सेसनमा २.२६ अंकले बढेर केही समय ओरालो लागेको नेप्से परिसुचक १२ बजेसम्म आइपुग्दाँ २६.२४ अंकले बढेर २२२७.१२ को बिन्दुमा पुगेको छ ।
सो अवधीसम्म नेप्सेमा १९९ कम्पनीको ५ लाख ३४ हजार ५७३ कित्ता शेयर खरिद बिक्री हुदाँ २४ करोड ७२ लाख बढीको कारोबार भएको छ ।
प्रतिक्रिया