नेपाल बंगलादेश बैंकका सीईओ ढुङ्गाना नबिल बैंकका सिइओ

३ बर्ष अगाडि

काठमाडौं- नबिल बैंकले  प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई नियुक्त गरेको छ ।

आगामी असार १७ गतेदेखि लागू हुने गरी ढुङ्गाना सीईओमा नियुक्त भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

कम्पनीको गत शनिवारको विशेष सधारण सभाले उनलाई नियुक्त गरेको हो । 

ढुंगाना यसअघि नेपाल बंगलादेश बैंकको सीईओ थिए । नबिल र नेपाल बंगलादेश (एनबी) बैंक मर्जर हुने निश्चित भएपछि उनी नबिल बैंकको सीईओ नियुक्त भएका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया