काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर झनै फराकिलो बन्दै आइरहेका छन् ।
मेयर पदका स्वतन्त्र उम्मेदवार शाहको मत ५० हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार उनले ५० हजार ६१ मत प्राप्त गरेका छन् । मतगणना सुरू भएदेखि नै बालेन फराकिलो अन्तरले अग्र स्थानमै छन् ।
दोश्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३१ हजार २ सय ९३ मत प्राप्त गरेकी छिन् । उनलाई पछ्याउँदै एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार ६ सय ७४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया