राष्ट्र बैंकले जेठ १२ गतेदेखि नागरिक बचतपत्र विक्री गर्दै, ११ प्रतिशत ब्याज र अवधि कति ?

३ बर्ष अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैंकले यही जेठ १२ गते (बिहीबार) ५ वर्षे अवधिको नागरिक बचतपत्र विक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले रु. ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्।

यो बचतपत्रमा लगानीकर्ताहरुले वार्षिक ११ प्रतिशत ब्याज (ब्याज कर लाग्ने) पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा गरिने राष्ट्र बैंकले जनाएको छ। 

लगानीकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सक्नेछन्। यो बचतपत्र धितो राखी केन्द्रीय बैंकबाहेक अन्य बंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ। 

यो बचतपत्रको निष्कासन आउँदो असार ८ गते हुनेछ भने साँवा भुक्तानी २०८४ असार ८ गते हुनेछ। 

यो बचतपत्रमा यही जेठ ३१ गतेसम्म खरिद आवेदन पेस गर्न सकिनेछ। 

३ बर्ष अगाडि

प्रतिक्रिया