कंगनाको फिल्म ‘धाकड’ व्यापार निकै दयनीय, ३ दिनमा जम्मा २ करोड ४० लाख कमाई

३ बर्ष अगाडि

काठमाडौं- यस हप्ता कंगना अभिनीत नयाँ फिल्म ‘धाकड’ प्रदर्शनमा आएको थियो । ट्रेलरमा उनको जबर्जस्त एक्सन अवतारले फिल्मको राम्रो हाइप बनेको थियो । ट्रेड एनालिस्टहरुले फिल्म हिट हुने आँकलन समेत गरेका थिए । तर, योसँगै प्रदर्शनमा आएको कमेडी(हरर फिल्म ‘भूल भूलैया २’ले बक्सअफिसमा आक्रामक कमाई गर्दा कंगनाको फिल्म भने बक्सअफिसमा नराम्रोसँग डुबेको छ । 
 
पहिलो दिन ६५ लाखको दयनीय ओपनिङ गरेको ‘धाकड’ले दोस्रो दिन ७५ लाख र र तेस्रो दिन १ करोडको कमाई गर्दै तीन दिनमा जम्मा २ करोड ४० लाख ग्रस कलेक्सन गरेको भारतीय बक्सअफिस अनलाइन कोइमोइले उल्लेख गरेको छ । कंगनाको स्टारडमको तुलनामा फिल्मको व्यापार निकै दयनीय मानिएको छ । तीन दिनको व्यापारबाटै फिल्मलाई फ्लप भन्न थालिएको छ ।
 
प्रदर्शनको पहिलो दिनदेखि दर्शक अभावका कारण फिल्मको मल्टीप्लेक्सहरुमा कयौं शो रद्द भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । दर्शकको पहिलो रोजाईमा कात्तिक आर्यनको ‘भूल भूलैया २’ परेको छ । ‘वर्ड अफ माउथ’ कमजोर भएका कारण ‘धाकड’ले दर्शकको साथ नपाएको हो । यद्यपि, कंगनाले एक्सनमा गरेको मेहेनतलाई दर्शक र समीक्षकहरुले प्रशंसा गरेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया