२० प्रतिशत बोनस र एफपीओ निष्कासन प्रस्तावसहित किसान लघुवित्तले जेठ २८ गते डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

३ बर्ष अगाडि

काठमाडौं- किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा डोकेको छ। संस्थाले यही जेठ २८ गते कैलालीको धनगढीमा बिहान ११ बजे आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको हो । 

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। बोनस शेयर वितरण र थप साधारण शेयर निष्कासन (एफपीओ) गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

अन्य उपयुक्त लघुवित्त संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारीलाई सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। संस्थाको केन्द्रीय कार्यालय सार्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि अनुमोदन गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले यही जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया