शेयर बजारले ओरालो यात्रालाई पछ्यौर्दै २२०० को बिन्दुमा,कतिको भयो कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (सोमबार) पनि शेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

गत साताको अन्तिम दिन पनि १५.८२ अंक घटेर २२३५.१० विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक   ३४.२१ अंकले घटेर २२००.८८ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९१ रुपैंया बराबरको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुदाँ नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ४ करोड १५ लाख बढीको कारोबार भएको हो ।

आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । संस्थाको शेयरमूल्य ६.२० प्रतिशतले घटेर एक हजार एक सय ३७ रूपैयाँ ५० पैसा पुगेको छ । 

दिन मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ५.८९ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ३ सय ४० रूपैयाँमा झरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया