नबिल बैक सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

३ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (सोमबार) पनि शेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

गत साताको अन्तिम दिन पनि १५.८२ अंक घटेर २२३५.१० विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक   ३४.२१ अंकले घटेर २२००.८८ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९१ रुपैंया बराबरको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुदाँ नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ४ करोड १५ लाख बढीको कारोबार भएको हो ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया