रिभर फल्स पावरको आईपीओ बाँडफाँट आज, २ लाख ५३ हजारले पाउने

४ बर्ष अगाडि

काठमाडौं - रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म निष्काशन गरेको आईपीओ आज सोमबार बाँडफाँट हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज साँझ ४ बजे, प्रभु क्यापिटलको कार्यलयमा बाँडफाँट हुने भएको हो । क्यापिटलले शुक्रबार प्रिअलटमेन्ट सम्पन्न गरी आज कम्पनीको शेयर बाँडफाँट गर्न लागेको हो ।

कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार १८ लाख ३८ हजार ४३१ जना आवेदकबाट २ अर्ब ११ करोड ३२ लाख ९२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ८२० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

कम्पनीले बैशाख २८ गते बुधबारदेखि प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ५३ हजार ८९० जनाले शेयर पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया