काठमाडौं - युनाइटेड इन्स्यारेन्स कम्पनी ९नेपाल० लिमिटेडले जेठ २३ गते साधारण सभा बोलाएको छ । उक्त सभाका लागि कम्पनीले सेयर दाखिला खारेजी मिति ९बुकक्लोज० आज गर्दैछ ।
यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीले मात्र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् । कम्पनी सञ्चालक समितिको ३६७ औं बैठकको निर्णय अनुसार कम्पनीले जेठ २३ गते सोमबार मर्जर प्रस्ताव सहित २८ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।
अनमोल ब्याङ्केट शंखमुलमा बिहान ११ बजेबाट सभा सुरु हुनेछ । साधारण सभाबाट कम्पनीले कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने भएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड र्पुयाउन निर्देशन भएअनुसार कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने एजेण्डा राखेको छ ।
प्रतिक्रिया