साताको पहिलो कारोबारको दिन (सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात शुक्रबार १५.८२ अंक घटेर २२३५.१० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.१७ अंक बढेर २२४१.२६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१५ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १५ स्टकको १ लाख ६० हजार ४७९ रुपैयाँ बराबरको ३२१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने ३ को घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया