काठमाडौं महानगर १२ मा कांग्रेसको प्यानलै विजयी

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौं महानगरपालिकाको वडा नं। १२ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा नेपाली कांग्रेका बालकृष्ण महर्जन २१४९ मतले विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विकास डंगोलले ९९३ मत पाएका छन् ।

नेपाली काग्रेसका महिला सदस्यमा नानीहेरा महर्जनले सर्वाधिक २२०३ मत ल्याएका विजयी भएका छन् भने दलित महिला सदस्यमा मुना गहतराज १७०३ मत सहित विजयी भए । नेपाली कांग्रेसकै वडा सदस्यका उम्मेदवार पुष्परत्न प्रजापतिले १९६२ मत पाएर विजयी भएका छन् भने अर्का वडा सदस्यमा श्यामकृष्ण खड्गीले १७६७ मत पाएका छन् ।

१२ वडाबाट मेयरका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ११७७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केशव स्थापितले ९०४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार बालन शाहले १२ वटाबाट ६५९ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेका सुनिता डंगोलले १४०३ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले ८०७ मत प्राप्त गरेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया