ज्ञानेन्द्रलाई उक्साउदै पुर्व सेनापति कटवाल

७ बर्ष अगाडि

काठमाडौँ – पुर्वप्रधान सेनापति रुक्माङ्गत कटवाल प्रजातन्त्र जोगाउनका निम्ति पुर्वराजा ज्ञानेन्द्र शाहलाई उक्साउन थालेका छन् ।  वर्तमान व्यवस्थाको विरुद्धमा केही देशी विदेशी शक्तिहरु लागेको हल्ला चलिरहेको बेला रुकमाङ्गत कटवाल पनि यसमा  सामेल भएका छन् ।

कटवालले केहि समयअघि एक कार्यक्रममा प्रजातन्त्र जोगाउन पुर्वराजाको सक्रिय भुमिका आवश्यक भएको तर्क गर्दे पुर्वराजा ज्ञानेन्द्र शाहलाई सहयोग गर्नुपर्छ भनेर नेपाली सेनालाई उक्साएका थिए ।

स्रोतले दिएको जानकारी अनुुसार कटवालले नेपाली सेनाको साथ लिएर वर्तमान व्यवस्थालाई 'कु' गर्न पुर्वराजा ज्ञानेन्द्रलाई सुझाव दिएका छन् । दरबारकै बलमा पसेर प्रधानसेनापति  भएका कटवाल अहिले राजसस्थालाई पुन स्थापना गर्न लागी परेका छन् । 

ज्ञानेन्द्रको आक्रोश 
आफ्नो सत्ता खोसिएको 'इगो' देखाउँदै आएका पुर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रमको नाममा वर्तमान सरकार प्रति तितो पोख्ने कार्यलाई निरन्तरता दिदै आएका छन् । उनि जहाँ जान्छन् त्यहा एउटै नारा लाग्ने गर्दछ, "राजा आउ देश बचाउ" । शाह अहिले राजसस्थालाई जोगाउनु पर्छ भन्दै मधेस झरेका छन्  र राजनीतिक तानाबाना बुन्न थालेका छन् ।  तर उनले गरेको यो प्रयत्न सफल हुन निकै कठिन छ । 

पोखरामा बनेको माहोल 
पुर्वराजा शाह केहि समयअघि पोखरा जादाँ उनले आफु नजिकका व्यक्तिहरुलाई भेला गरेर वर्तमान शासन प्रणालीको विरुद्ध र आफ्नो पक्षमा माहोल बनाउन निकै प्रयत्न गरेका थिए । तर उनले गरेको त्यो प्रयत्नले पुर्णता भने पाउन सकेको थिएन  । 

७ बर्ष अगाडि

प्रतिक्रिया