फक्ताङलुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्षको घोषणा : आफूले पाएको पालिकाको गाडी एम्बुलेन्सको रुपमा सञ्चालन गर्छु

४ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजन लिम्बू (मुक्ति) ले आफूले पाएको पालिकाको गाडी बिरामी बोक्ने एम्बुलेन्सको रुपमा आजबाट सञ्चालन गर्ने घोषणा गरेका छन् । 

साथै राज्यबाट प्राप्त हुने आफ्नो सेवा सुविधा पनि गाउँपालिकाको नागरिकको हितमा खर्च गर्ने घोषणा गरेका छन् । 

नवनिर्वाचित लिम्बू गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार भई विजयी भएका हुन् । 

उनले २६६० मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका सरोज लिम्बुले २३१२ मत प्राप्त गरेका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया