डिम्याट खाता खोल्ने संख्या करिब ५२ लाख पुग्यो

४ बर्ष अगाडि

काठमाडौं- डिम्याट खाता खोल्ने संख्या करिब ५२ लाख पुगेको छ ।  सिडिएस क्लियरिङ लिमिटेडका अनुसार शुक्रवारसम्म डिम्याट खाताको संख्या ५१ लाख ९४ हजार ९४१ पुगेका छन् । 

नेपाली धितोपत्र बजारमा सबैभन्दा बढी कित्ता आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकले आईपीओ निष्कासन गरेपछि पनि डिम्याट खाताको संख्या ह्वात्तै बढेको देखिन्छ । उसोत प्रथामिक बजारबाट थोरै लगानी गरेर छोटो सयममा राम्रो प्रतिफल प्राप्त हुने भएकाले पनि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढेको हो । 

यसरी हेर्दा आईपीओ निष्कासनमा आवेदन दिनको संख्यामा बढ्नु नै धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढ्नु हो । पछिल्लो समय आईपीओ निष्कासन गरेका कम्पनीहरुको शेयर सूचीकरण पनि छिटो हुने गर्दछ । यसले गर्दा छोटो समयमा थारै लगानीबाट राम्रो प्रतिफल प्राप्त भएपछि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढ्दो देखिन्छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया