बैंक अफ काठमाण्डूका ग्राहकलाई फील गुड बारमा १० प्रतिशतसम्म छूट

३ बर्ष अगाडि

काठमाडौं-  बैंक अफ काठमाण्डूका ग्राहकलाई फील गुड बार एण्ड ग्रिलमा छूट दिइने भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, पीओएस तथा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छूट दिइने बैंकले जानकारी दिएको हो ।

त्यसका लागि बैंक र फील गुड बार एण्ड ग्रिलबीच सम्झौता भइसकेको छ । उक्त छूट लिनका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङमार्फत नै भुक्तानी गर्नुपर्ने बताइएको छ ।

फील गुड बार एण्ड ग्रिल एयरपोर्ट मोड, विराटनगरमा सञ्चालित छ । बीओकेले हाल ९७ शाखा, ९३ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया