बनेपामा शपथ ग्रहण कार्यक्रम एमालेका जनप्रतिनिधिद्वारा बहिष्कार

३ बर्ष अगाडि

काभ्रे- बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । 

हामीलाई प्राप्त समाचार अनुसार आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरिएको हो । उपमेयर विमला सापकोटा संग यस बारे प्रतिक्रिया लिन खोज्दा सम्पर्क उनीसंग सम्पर्क हुन सकेनन् । 

१४ वडा रहेको बनेपामा एमालेका उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेसका प्रमुखसहित २९ र एकीकृत समाजवादीका १ वडाअध्यसहित ५ जनप्रतिनिधि निर्वाचित छन् ।

स्थानीय तहको निर्वाचन २०७९ मा नगरप्रमुखमा कांग्रेसका शान्तीरत्न शाक्य, उपप्रमुख एमालेकी विमला सापकोटा दाहाल निर्वाचित भएकी थिइन् । नगरप्रमुख निर्वाचित शाक्यले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग शपथ लिइसकेका छन् । मेयर शाक्यले अरु जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गरेका हुन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया