इंग्लिश प्रेमियर लीग : उपाधि विजेताको छिनोफानो आज

३ बर्ष अगाडि

एजेन्सी - इंग्लिश प्रेमियर लीगको यस सीजनको अन्तिम खेलहरू आइतवार खेलिँदैछ । अन्तिम दिनमा आइपुग्दा समेत उपाधि विजेताको टुंगो लाग्न सकेको छैन । 

साबिक विजेता म्यानचेस्टर सिटी (९० अंकका साथ) पहिलो स्थानमा छ भने लिभरपूल उसभन्दा एक कम अंक (८९) का साथ दोस्रो स्थानमा छ ।

लिभरपूलले यस सीजनमा चारवटा उपाधिको आशा गरेको छ । एफए कप र काराबाओ कप जितेको लिभरपूल प्रेमियर लीग र च्याम्पियन्स लीगमा सफलता पाउने आशा गरिरहेको छ । तर म्यानचेस्टर सिटीको चुनौतीलाई पन्छाएर लीग उपाधि जित्न लिभरपूलका लागि फलामे च्युरा चपाएसरी हुनेछ । 

लिभरपूलले प्रेमियर लीगको उपाधि जित्नका लागि आज वुल्भ्ससँगको खेल जित्नुपर्छ । तर त्यतिले मात्र पुग्दैन । लिभरपूलको सम्भावना खोल्नका लागि सिटीले आज एस्टन भिल्लासँगको खेल कि त बराबरी गर्नुपर्छ कि हार्नुपर्छ । 

लिभरपूलले आजको खेल बराबर गरेमा अनि सिटी चाहिँ हारेमा दुवैको समान ९० अंक हुन्छ । त्यस्तो अवस्थामा गोल डिफरेन्सको आधारमा विजेता छानिन्छ । सिटीसँग गोल डिफरेन्समा ७२ अंक छ भने लिभरपूलसँग ६६ अंक मात्र छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया