माछापुच्छ्रे बैंककको १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

३ बर्ष अगाडि

 काठमाडौं - माछापुच्छ्रे बैंकक लिमिटेडको १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक शेयरधनी सरद कुमार नेपालको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा उक्त संस्थापक शेयरमा आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको जनाएको छ ।

शेयर खरीद गर्न ईच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले सात दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पुतलीसडक, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया