शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १ लाख ८० हजार बढि कित्ता संस्थापक शेयर बिक्रीमा

३ बर्ष अगाडि

काठमाडौं - शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख ८० हजार ८६६ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । 

कम्पनीले एशियन डिष्ट्रिब्युटर्स प्रालिको नाममा रहेको ५३ हजार ५४ कित्ता, ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रालिको नाममा रहेको २२ हजार ३३८ कित्ता र सुधन भट्टराईको नाममा रहेको १ लाख ५ हजार ४७४ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

उल्लेखित शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । शेयर खरीद गर्न इच्छुक आवेदकहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बुटवल, रुपन्देहीमा निवेदन पेश गर्नु पर्नेछ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया