७५३ स्थानीय तहमध्ये ७०० स्थानीय तहको नतिजा सार्वजनिक, कुन दल अगाडी ?

३ बर्ष अगाडि

काठमाडौं - स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । अहिले मत परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म कुल ७५३ स्थानीय तहमध्ये ७०० स्थानीय तहको नतिजा घोषणा भएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार स्थानीय तहको प्रमुखतर्फ १२६ तथा अध्यक्षतर्फ ४४९ स्थानको नतिजा घोषणा भएको हो । जसअनुसार नेपाली काँग्रेसले १२४ प्रमुख र १८४ अध्यक्षमा जितेको छ । 

काँग्रेसले अझैपनि १० प्रमुख र ४ अध्यक्ष पदमा अग्रता कायमै राखेको छ । यस्तै नेकपा एमालेले स्थानीय तहका ६७ प्रमुख तथा १२१ अध्यक्ष पद जित्दा १५ प्रमुख र २ अध्यक्षमा अग्रता कायमै राखेको छ । 

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २४ प्रमुख र ९६ अध्यक्ष पद जित्दा अझैपनि प्रमुख २ पालिकामा अग्रता कायमै राखेको छ । यस्तै एकीकृत समाजवादीले ९ प्रमुख जित्दा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले २५ पालिका जितेका छन् । 

यस्तै गाउँपालिकातर्फ जसपाले २० स्थानीय तह जित्दा एकीकृत समाजवादी, लोसपा, जनमतलगायतका पार्टी र स्वतन्त्र उम्मेदवारले २४ पालिकामा जित हासिल गरेका छन् । 

हाल साना पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूले विभिन्न पालिकामा १५ स्थानमा अग्रता बनाएका छन् । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया