बोनश शेयर वितरणको प्रस्ताव पारित गर्न किसान लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले  जेठ २८ गतेका लागि आफ्नो तेस्रो वार्षिक साधारण सभा बोलाएको हो । 

सभा धनगढी, कैलालीमा बिहान ११ बजे गर्ने कम्पनीले जनाएको छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत बोनश शेयर पारित गर्नेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजी ३९ करोड २८ लाख ८ हजारको आधारमा उक्त बोनश शेयर वितरण गर्न लागेको हो । कम्पनीले थप सर्वसाधारणलाई शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया