काठमाडौं - नेपालको समग्र वित्तीय प्रणालीको आकार झन्डे ८२ खर्ब रुपियाँ बराबरको पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘वित्तीय स्थायित्व सम्बन्धि प्रतिवेदन २०७७.२०७८’ अनुसार नेपालको वित्तीय प्रणालीको आकार ८१ खर्ब ७४ अर्ब ८५ करोड रुपियाँ पुगेको हो ।
१९९४ मा नेपाल बैंकको स्थापनासँगै व्यवस्थित रुपमा वित्तीय कारोबारको शुरुवात भएको हो । नेपाल राष्ट्र बैंकले २७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्त कम्पनी, ७० लघुवित्त कम्पनी, १ पूर्वाधार बैंक र १ जलविद्युतमा लगानी गर्न स्थापित इन्भेष्टमेन्ट कम्पनी गरी १ सय ३४ संस्थालाई नियमन गर्दछ । त्यसैगरी बिमा समितिले १९ जीवन विमा, २० निर्जीवन विमा र २ वटा पुनर्विमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ ।
त्यसैगरी नेपालको वित्तीय प्रणाली भित्र एउटा स्टक एक्सचेन्ज, एउटा सेन्ट्रल डिपोजिटरी कम्पनी, ५० स्टक ब्रोकर, १५ म्युचुएल फन्ड, २ वटा क्रेडिट रेटिङ एजेन्सी, ७६ वटा डीपी, ८७ योग्य संस्थागत खरिदकर्ता ९क्युआइबी० र १ वटा स्टक डिलरलाई नेपाल धितोपत्र बोर्डले सञ्चालन अनुमति दिएको छ ।
प्रतिक्रिया