नेपालमा अमेरिकी ब्रान्ड 'क्रेन बेबी' सार्वजनिक

३ बर्ष अगाडि

काठमाडौं - 'क्रेन बेबी' नेपालमा औपचारिक रुपमा सार्वजनिक भएको छ । क्रेन एक अमेरिकी ब्रान्ड हो । 

जुन ह्युमिडिफायर, एयर प्युरिफायार र अन्य जीवनशैलीका घरेलु उपकरणका लागि विश्वव्यापी रुपमा ३१ ग्लोबल ब्रान्डका रुपमा प्रख्यात छ । क्रेनले नेपालमा आफ्नो नयाँ लाइनअप ‘क्रेन बेबी’ लन्च गरेको छ । यो लाइनअपमा बच्चाको बेडिङ, नर्सरी डेकोर,  प्लस टोईका साथै अरु उत्कृष्ट बेबी आइटमहरु उपलब्ध छन् । 

यसले नयाँ अभिभावकलाई छनौट गर्न १०० बढी उत्पादनका विकल्प प्रदान गर्दछ । क्रेन बेबीका उत्पादनहरु स्टाइलिस, गुणस्तरीय र इकोफ्रेन्ड्ली छन् ।

नायिका प्रियंका कार्की, जेनिशा मोक्तान, रेनशा राई राणा र मिनिषा भट्टराईले दरबारमार्गमा आईएमएस लिटिल स्माइल्स शोरुमको अनावरण गरिएको थियो । 

यसका साथै क्रेन भारतका प्रतिनिधिहरु पनि प्रक्षेपण कार्यक्रममा सामेल भएका थिए । यस लाइनअपमा ग्राहकले विभिन्न छुट र उपहारको मज्जा लिन सक्नेछन् ।  

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्रान्ड आउटलेट, आईएमएस लिटल स्माइल दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया