सेञ्चुरी बैंकको २ अर्ब २० करोडको ऋणपत्र बाँडफाँड कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र सोमबार बाँडफाँड हुने भएको छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक उक्त ऋणपत्र शतप्रतिशत नै बिक्री भएको हो ।

क्यापिटलका अनुसार उक्त ऋणपत्रको प्रिअलोटमेन्ट जेठ ६ गते भएको छ । यससँगै अब अन्तिम बाँडफाँड भने सोमबार हुने छ । बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो । 

जसमध्ये ४० प्रतिशतले हुन आउने ८८ करोड रुपैयाँ सर्वसाधारणका लागि र ६० प्रतिशतले हुन आउने १ अर्ब ३२ करोड रुपैयाँ संस्थागतका लागि छुट्याइएको थियो ।

जसमा सर्वसाधारणबाट २ हजार २६२ वटा आवेदन र कम्पनीहरुबाट ३३ वटा आवेदन परेको थियो । यससँगै, १० वर्षे अवधि रहेको उक्त ऋणपत्रमा लगानीकर्ताले १०।५० प्रतिशत ब्याज पाउने छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया